प्रकाश मानवअधिकार पुरस्कार राजुरामलाई
काठमाडाैं | साउन १४, २०७९
काठमाडौँ: अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले २८औँ प्रकाश मानवअधिकार पुरस्कार राजुराम भुललाई प्रदान गर्ने भएको छ ।
इन्सेकका अध्यक्ष डा इन्दिरा श्रेष्ठद्वारा आज जारी विज्ञप्तिमा शोषण तथा विभेदमुक्त समाज निर्माणको अभियानमा दुई दशकभन्दा बढी समयदेखि क्रियाशील सुर्खेतको दशरथचन्द नगरपालिका–४ का भुललाई उक्त पुरस्कारबाट सम्मानित गर्न थालेको जानकारी गराउनुभयो ।
इन्सेकका महासचिव रुद्रबहादुर चर्मकारको संयोजकत्वमा गठन भएको तीन सदस्यीय पुरस्कार छनोट समितिले भुललाई पुरस्कृत गर्न कार्यसमितिलाई सिफारिस गरेको थियो । इन्सेकका संस्थापक महासचिव स्व प्रकाश काफ्लेको २०४९ साउन १६ गते नुवाकोटको घोप्टेभिरमा भएको थाई एयर दुर्घटनामा निधन भएको थियो ।
नेपालको मानवअधिकार, राजनीति, शिक्षा, स्वास्थ्य तथा सामाजिकलगायत क्षेत्रमा विशिष्ट योगदान गरेका व्यक्तित्वलाई प्रकाश स्मृति दिवसका अवसर पारेर पुरस्कृत गर्ने गरिन्छ । उक्त पुरस्कार हरेक वर्ष एक जनालाई प्रदान गरिँद आइरहेको छ । अहिलेसम्म २७ जना सम्मानित भइसक्नुभएको पनि इन्सेकले जनाएको छ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरको प्रमुख आतिथ्यतामा साउन १६ गते काठमाडौँमा आयोजित कार्यक्रममा भुललाई पुरस्कृत गरिने जनाइएको छ ।
काठमाडौं: राष्ट्रियसभामा रिक्त सदस्य चयन गर्न मतदान सुरु भएको छ । २०८२ फागुन २० गतेदेखि राष्ट्रियसभामा १७ सिट (सदस्य) रिक्त रहेको छ । यसका लागि बिहान ९ बजेदेखि मतदान सुरु भएको निर्वाचन आयोगले जना...
पोखरा: पोखरा महानगरपालिका १५ द्धारा आयोजित चौथो वडास्तरीय खेलकुद महोत्सव सम्पन्न भएको छ । वडास्तरीय खेलकुद महोत्सव अन्र्तगत पुरुष फुटबलतर्फ सानीमजुवा युवा क्लब विजयी हुँदा महिला भलिबलतर्फ जन ...
पोखरा: कस्केली अधिकृत समाजको ११ औं साधारणसभा तथा आठौं अधिवेशन एक समारोहका बीच आज सम्पन्न भएको छ । कार्यक्रमको प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशका अध्यक्ष विष्णुप्रसाद नेपालले उद्घाटन गर्न...

